धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न

२१ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
51 Shares


काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गर्नुभएको थियो । दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धा्रित समयभित्र नै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए । धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ । त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको खबर आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश