एनआरएनए अस्ट्रेलिया अध्यक्षका लागि पोखरेलको सशक्त उम्मेदवारी

प्रकाशित मिति:

सिड्नी – विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको साझा संस्था हो, गैरआवासीय नेपाली संघ । यतिबेला गैरआवासीय नेपाली संघमा चुनावी सरगर्मी बढेको छ । केही मुलुकमा नयाँ नेतृत्व चुनिइसकेको छ । केही देशमा निर्वाचन वा सर्वसम्मतको पहल भइरहेको छ ।विश्वमै सबैभन्दा बढी गैरआवासीय नेपाली सदस्य रहेको मुलुक अस्ट्रेलिया हो । १२ हजार हाराहारी सदस्य रहेको अस्ट्रेलियामा यही जुलाई ६ तारिख गैरआवासीय नेपाली संघको चुनावी कार्यक्रम तय भएको छ ।

दुई वर्षे कार्यकालका लागि अस्ट्रेलियाका नेपालीमाझ लोकप्रिय र चर्चित रहेका समाजसेवी तथा व्यवसायी दिनेशकुमार पोखरेलले आफ्नो सशक्त उम्मेदवारी प्रस्तुत गरेका छन् । ‘समुदायका लागि हरपल, समावेशी एनआरएन’ र ‘नेपालीद्वारा नेपालीका लागि’ भन्ने मुल नाराका साथ पोखरेलको नेतृत्वमा समावेशी टिम चुनावी मैदानमा छ ।झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा निवासी अन्तर्राष्ट्रिय झापाली समाजको निर्वाचित अध्यक्ष हुन् । विगत १४ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका उनले यसअघि अन्तर्राष्ट्रिय झापाली समाज अस्ट्रेलियाको संस्थापक अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् ।उनीसँग एनआरएन अस्ट्रेलियामा एक कार्यकाल प्रवक्ता ९२०१३(२०१५० र अर्को कार्यकाल उपाध्यक्ष ९२०१५(२०१७० को जिम्मेवारी सम्हालेको अनुभव पनि छ । त्यस्तै, न्यु साउथ वेल्स राज्यको संयोजक, नेपाल फेस्टिबलका सिड्नी संयोजक, सोसियल वल्फियर फन्डको संयोजकको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका छन् ।प्रवासमा रहेर पनि सदैव आफ्नो मुलुकको विकास र श्रीबृद्धिमा सोचिरहने र सकारात्मक एवम् सिर्जनात्मक काममा सदैव सहयोग गर्ने उनको परिचय समाजसेवी र व्यवसायीको रुपमा मात्र सीमित छैन ।

पोखरेलकै पहलमा अन्तर्राष्ट्रिय झापाली समाजमार्फत झापाको कमल गाउँपालिकामा बाढी प्रभावितका लागि ४० लाख रुपैयाँभन्दा बढीको लागतमा करिब एक दर्जन घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।त्यस्तै, झापा गोल्डकपमा उपलब्ध हुँदै आएको दोस्रो पुरस्कारबापतको छ लाख ५० हजार रुपैयाँ पनि उनै सामाजिक व्यक्तित्व पोखरेलको अगुवाईमा समाजले प्रदान गर्दै आएको छ । उनले चौथो मेचीनगर गोल्डकपलाई पनि व्यक्तिगत रुपमा ७५ हजार रुपैयाँ दिएका थिए । अब एनआरएनए अध्यक्ष पदमा विजयी भएपछि समग्र मुलुकको विकास र समाजसेवामा समर्पित हुने पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।उनी सफल चलचित्र निर्माता समेत हुन् ।

उनले निर्माण गरेका चलचित्र ‘नाइँ नभन्नु ल २’, ‘नाइँ नभन्नु ल ४’, ‘भुलभुलैया’, ‘राधा’ लगायत चर्चित छन् । उनले अन्तर्राष्ट्रिय व्यापार विषयमा युनिभर्सिटी अफ वेस्टर्न सिड्नीबाट स्नातकोत्तर गरेका छन् ।गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आगामी कार्यकालका लागि पोखरेलको नेतृत्वमा समावेशी समूह घोषणा भएको छ । पोखरेललाई अध्यक्षमा उम्मेदवार बनाइने र अन्य विभिन्न पदहरुमा समेत विभिन्न पेसा, व्यवसायमा आबद्ध रहेका नेपालीलाई समेटेर अघि बढ्ने जमर्को गरेको उक्त समूहले जनाएको छ ।पोखरेलको लोकप्रियता नेपालीमाझ निक्कै नै रहेकाले उनको र प्रतिद्वन्द्वीको अनुपात ६०(४० को रहेको बताइन्छ । सामाजिक सेवाभाव अत्यधिक रहेकाले पोखरेल अधिकांश नेपालीका बीचमा सर्वमान्य उम्मेदवारको रुपमा देखिएका छन् ।यसैबीच, सिड्नीको अलउडमा गत शनिबार भएको भेलाले गरेको निर्णयअनुसार अस्ट्रेलियामा बसोबास गर्ने सबै क्षेत्र, समुदाय, जनजातिलाई समेटेर समावेशी समूह बनाएको अध्यक्षका प्रत्यासी पोखरेलको भनाइ छ ।समावेशी समूहबाट एनआरएन अस्ट्रेलियाको अध्यक्षमा पोखरेल, महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डेले दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै, युवा संयोजकमा विनोद पौडेललाई उम्मेदवार बनाइने भएको छ । आइसिसी सदस्यमा चोलाकान्त भुसाल, समिम अनवर, अशोक केसी, राजु मानन्धर, शम्भु कँडेल, निराजन गौलीको उम्मेदवारी रहेको छ ।
भेलाले न्यु साउथ वेल्समा देवबहादुर गुरुङ, ब्रिसबेनमा धीरेन्द्र थापा, साउथ अस्ट्रेलियामा रेनुका लामा, वेस्टर्न अस्ट्रेलियामा कृष्णमान श्रेष्ठ, भिक्टोरियामा महेन्द्र कार्कीलाई संयोजक एवम् उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।अष्ट्रेलियामा रहेका नेपालीहरुका समस्या र पीडामा सदैव लागिपर्ने पोखरेल नेपालबाट गएका नेपालीले दुःख पाउने भनेको प्रारम्भिक समयमा मात्र रहेको बताउँछन् । ‘आफन्त वा चिनजानको कोही व्यक्ति छैनन् भने समस्या हुन्छ’, उनले भने, ‘सुरुवाती अवस्थामा जागिर नपाउँदा पनि समस्या हुन्छ । समग्रमा भन्नु पर्दा अन्य देशको तुलानामा अस्ट्रेलियामा नेपालीको रहनसहन, बसाई, रोजगारी लगायतका सम्पूर्ण कुरा एकदमै राम्रो छ ।’अस्ट्रेलियामा नेपाली संघसंस्थाहरु धेरै भए पनि एनआरएनए सबैको साझा संस्था हो । ‘त्यसबाहेक पनि केही जिल्लाका आआफ्नै संघसंस्था छन् । न्यु साउथ वेल्स राज्यमा मात्रै ५० भन्दा बढी संघसंस्था छन्’, उनले भने, ‘अस्ट्रेलियाभरिको कुरा गर्नु पर्दा सयभन्दा बढी छन् ।’अस्ट्रेलियामा १ लाखको हाराहारीमा नेपाली छन् । कलाकारलाई ल्याएर गरिने कार्यक्रम होस् या फन्ड रेजिङ कार्यक्रम होस्, नेपालीहरुको ठुलो सहभागिता हुन्छ । यी सबै कार्यक्रममा पोखरेलको सक्रिय सहभागिता रहँदै आएको छ । स्थानीय समुदायसँग नेपालीको सम्बन्ध राम्रो बनाउन पनि पोखरेलले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।