शनिलाई किन क्रुर ग्रह भनिन्छ? कारण यस्तो छ

प्रकाशित मिति:

एजेन्सी –नौ ग्रहमध्ये शनि ग्रहलाई ज्योतिषशास्त्रमा क्रुर ग्रहको रुपमा लिइन्छ । शनि ग्रहको साढेसाती तथा महादशाबाट मानिसहरुमा विशेष डर रहने गर्दछ । यद्यपि, ज्योतिषले नै शनि ग्रहलाई नराम्रो ग्रहको रुपमा भने मानेको छैन । बिना कारण शनिले कसैलाई पनि समस्यामा पार्दैन । त्यसैले शनि ग्रहको प्रभावबाट बच्न कुनै ठूलो पूजा–पाठ नै लगाउनु पर्छ भन्ने पनि छैन ।

तर, यसका लागि भने आफुमा भएका केही आनी–बानी तथा व्यवहारमा भने परिवर्तन गर्न आवश्यक छ । आनी–बानी तथा व्यवहारमा परिवर्तन गर्न सकेको खण्डमा शनिको प्रभावबाट टाढा रहन सकिने ज्योतिषशास्त्रको मान्यता छ ।

किन शनि ग्रहलाई नराम्रो दशाको रुपमा लिइन्छ ?

ज्योतिषशास्त्रमा शनिलाई श्रम, न्याय, गरिब मजदुर वर्गका ग्रहको रुपमा मानिन्छ । त्यसैले यो ग्रहले सेवकको पद प्राप्त गरेको छ । यसै कारण शनिलाई आलस्य, अन्याय तथा गरिब मजदुर वर्गको शोषणविरुद्धको ग्रहका रुपमा लिइन्छ शनिलाई श्रमको देवताको रुपमा पूजिन्छ । त्यसैले शनि ग्रहले आफ्नो प्रभावमा आउने मानवलाई अधिकतम श्रम गराउँने गर्दछ । गलत कामको सबै परिणाम दिनु शनि ग्रहको कार्य हो । शनि ग्रहले अल्छि र अन्याय गर्ने मानवलाई नराम्रो परिणाम दिने भएकाले यसलाई क्रुर ग्रहको रुपमा मानिएको हो ।