‘मिस्टर नेपाली’ मा भुवन दोहोरो चरित्रमा देखिने

२१ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
40 Shares


काठमाडौं – अभिनेता भुवन केसीले दोहोरो भूमिकामा अभिनय गर्ने गरी फिल्म ‘मिस्टर नेपाली’ को औपचारिक घोषणा गरिएको छ । साथै राजधानीको भद्रकाली मन्दिर परिसरबाट फिल्म युनिटले छायांकन समेत थालेको छ ।

देवचुली फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा बाँकी छायांकन नवलपरासीमा हुनेछ । फिल्ममा प्रेमराज दाहालको निर्माण रहेको छ भने देवनारायण भुसालको लेखन तथा निर्देशन रहनेछ ।चलचित्रमा भुवन केसीको जोडी रीमा विश्वकर्मासँग हुनेछ भने भुवनले नायक र खलनायकको भूमिकामा अभिनय गर्नेछन् । यस्तै चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

यस्तै चलचित्रमा हिमाल केसीको द्वन्द्व, सुवास भुसाल र दीपक शर्माको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मलाई मनोरञ्जनको प्याकेज भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया