के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक?

२१ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानले पछिल्लो समय कुनै फिल्म साइन गरेका छैनन् । किनकि, शाहरुखले अभिनय गरेका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप रहे । जसका कारण उनी नयाँ प्रोजेक्ट गर्न डराइरहेका छन् ।

फिल्म फ्लप भए पनि बलिउडमा शाहरुखको क्रेज घटेको भने छैन । शाहरुखले आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण पनि गरिरहेका छन् । र, नेटफिल्क्सबाट पनि सिरिज बनाइरहेका छन् ।हाल आएर शाहरुख खानले धूम सिरिजको चौथो फिल्ममा धमाकेदार कमब्याक गर्न लागेको खबर बाहिर आएको छ । शाहरुख खानको धूमको फ्रेन्चाइजमा इन्ट्री हुन सक्ने भारतीय मिडियाले दाबी गरेका छन् ।

खबरका अनुसार धूम, धूम २ र धूम ३ को अपार सफलतापछि मेकर्सले धूम ४ को तयारी गरिरहेका छन् । यो फिल्ममा निर्देशक पनि नयाँ हुनेछन् । यशराज फिल्मसले शाहरुख खानलाई भिलेनका लागि एप्रोच गरेको छ । यदि शाहरुख खानले यो भूमिकालाई स्वीकारे भने उनलाई फिल्ममा देख्न पाइनेछ । साथै यो फिल्ममा उदय चोपडा र अभिषेक बच्चनलाई नयाँ प्रहरी अवतारमा देख्न सकिनेछ ।धूम फ्रेन्चाइजको पछिल्लो फिल्ममा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले अभिनय गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया