लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न एनपी साउदको सरकारलाई आग्रह !

प्रकाशित मिति:

रासस/नेपालगञ्ज – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा उहाँले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले काङ्ग्रेस रहेसम्म मुलुकको लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता कसैले मास्न नसक्ने बताउनुभयो । सभामा काङ्ग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौला, किरण कोइराला, नेताहरु डा.  चन्द्र भण्डारी, सञ्जय गौतमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीबाट हत्या गरिएका काङ्ग्रेस कार्यकर्ता कोहलपुरका चोपबहादुर खत्री र जागेश्वर थारुको नाममा रु एक÷एक लाखको अक्षय कोष स्थापना गरिएको थियो ।