विश्वकप क्रिकेट : पहिलो जीतका लागि श्रीलंका र अफगानिस्तान भिड्दै

प्रकाशित मिति:

बुटवल – एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् । वेल्सको कार्डिफ स्टेडियममा हुने दुई देशबीचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यसअघि एक-एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

विश्वकपमा राम्रो शुरुवात गर्न नसकेको श्रीलंकाले पहिलो खेल १० विकेटले न्युजिल्यान्डलाई सुम्पिएको थियो । पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ । यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । तर, श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।