अमेरिकी धारणामाथि चीनको आपत्ति

प्रकाशित मिति:

वाशिङ्टन – चीनले अमेरिकी विदेशमन्त्री माइक पम्पेओले तियानमेन स्क्वायर प्रकरणको ३० औं वार्षिकीको अवसरमा व्यक्त गरेको धारणामा कडा आपत्ति जनाएको छ । पम्पेओले चीनको मानवअधिकारको रेकर्डका बारेमा टिप्पणी गर्दै सो प्रकरणमा दमनबाट कति मान्छे मारिका थिए त्यो सार्वजनिक गर्न आग्रह गरेका थिए । वाशिङटनस्थित चिनियाँ दूतावासका प्रवक्ताले विदेशमन्त्रीको भनाइ चिनियाँ जनतालाई आक्रोशित पार्ने खालको भएको जनाएका छन् ।

१९८९मा बेइजिङमा भएको राजनीतिक प्रदर्शनमा चीनको कम्युनिस्ट शासनले चरम दमन गरेको बताइने गरेको छ । चीनले सो घटनामा मारिएकाहरुको बारेमा केही नभनेपनि सो घटनामा सयौं वा हजारौं मानिस मारिएको हुन सक्ने बताइँदै आएको छ । पम्पेओले चीनले आफ्नो चासोलाई लिएर मानवअधिकारको उल्लंघन गरिरहेको जनाएका छन् ।उनले चीनले उहीगुर अल्पसंख्यक समूहलाई झिन्झियाङ्ग प्रान्तमा दमन गरिरहेको समेत आरोप लगाएका थिए । -(बीबीसी)