यो कस्तो सरकार ? राष्ट्रिय आन्दोलन गर्नै पर्ने हो? : राजेन्द्र महतो

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारका कामहरुमा प्रतिप्रश्न गरेका छन् । उनले सरकारका हरेक काममा समानुपतिक पक्ष नदेखिएको बताए ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै महतोले लोकसेवाको विज्ञापनको बारेमा पनि प्रश्न गरे । उनले भने, ‘न्याय चाहने जनता, अधिकार चाहने जनता, फेरी राष्ट्रिय आन्दोलनमा जानुपर्ने हो ? यो तराइ मधेशका जनता किन शोषणमा परेको हो । यदि शोषणमै परेको हो भने राष्ट्रिय आन्दोलनमा जानुपर्ने हुन्छ ।’ उनले संघियता विरोधी व्यवस्था गर्नु सरकारको ठूलो कमजोरी भएको बताएका छन् ।