घाटु लोप हुने चिन्ता , युवापुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड

प्रकाशित मिति:

काैरव खत्री / बाग्लुङ – बाग्लुङ जिल्लामा प्रचलित सति घाटु गलकाेट नगरपालिका १० पाण्डवखानीमा बसोबास गर्ने मगरहरुले लोपोन्मुख हुन लागेको अवस्थामा यसलाई संरक्षण गर्नका लागि पाण्डवखानी माविका शिक्षक तथा घाटु गुरुबा समेत रहनुभएका गिरी प्रसाद घर्तीको नेतृत्वमा हरेक वर्षको बैशाख पुर्णिमा देखि सुरु गरि जेठ २० गते सम्म नाचिने गरिन्छ ।

परम्परागत देखिनै नाचिदै आएको र विभिन्न देवदेविकाको नाम लिदै पुजाआजा गरि जेठ २० गते सेलाइने गरेको घर्तीले जानकारी दिनुभयो । त्यस्तै गलकोटका विभिन्न मगर बस्तीमा यतिबेला घाटु नाच बिरलै नाच्ने गरिन्छ ।

पाण्डवखानीमा घाटु संरक्षणको केही प्रयास भएपनि नयाँ पुस्ताले चासो नदिंदा कुनै दिन घाटु लोप हुने हो कि भन्ने चिन्ता बढेको छ ।पाण्डवखानी र सिसाखानीका बुढापाकाहरु घाटु नाच्दै आएपनि अहिले युवापिढीले त्यसको संरक्षणमा खासगरी चासो दिएका छैनन् । विशेषगरी श्रीपञ्चमीमा विधिपुर्वक पुजाअर्चना गरि सुरु गरिने घाटु नाच पाण्डवखानीमा मातातीर्थ औंसीदेखि मध्य वैशाखसम्म नाचिन्छ । पुन: वैशाख पुर्णिमाको अघिल्लो दिनदेखि मध्य जेठमा घाटु समापन गरिने घाटु संरक्षण समिति पाण्डवखानीका अध्यक्ष गिरीप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।