कुटेर १४ जना विद्यार्थी घाइते बनाएकी शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

प्रकाशित मिति:

दाङ – पाँच जना विद्यार्थीको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाएको छ। सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो।

शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डिएसपी) दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

प्रहरीका अनुसार सोमबार पक्राउ गरेर ईप्रका होलेरीमा राखिएकी शिक्षिका पुनलाई आज जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइँदैछ। आजै जिल्ला प्रशासनमार्फत् अनुसन्धानका लागि म्याद थप हुन सक्छ । इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको बताएका छन् । -नेपालसमाचारपत्र