महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

प्रकाशित मिति:

काठमाडौं– देशमा महाभूकम्प आउँछ भन्दै आमसर्वसाधारणमा अफवाह फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना गरी अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो केही समय यता उनले राजा भन्ने दाबी गर्दै आएका थिए भने सामाजिक सञ्जालमा फेसबुकबाट लाइभमा जोडिएका दर्शकको अनुहार हेरेर फेस रिडिङ समेत गर्दै आएका थिए ।