६ घण्टामै सगरमाथाको चुचुरोमाः आरोही मिङ्माले बनाए विश्व कीर्तिमानी

२१ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौं – हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा र लोत्से हिमाल ६ घण्टा एक मिनेटमै आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। मंगलबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो कीर्तिमानबारे जानकारी गराएका हुन्।

उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन्। गत जेठ १३ गते सोमबार बिहान १२:४४ मा समरमाथाको आरोहण सुरू गरेका मिङमा सोही दिनको बिहान ६:४५ मा लोत्से शिखर चुचुरोमा पुग्दै किर्तिमानी कायम गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा विदेशी पर्यटक भित्र्याउन आ–आफ्नो क्षेत्रबाट सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए। विगतभन्दा हिमाल आरोहण गर्ने विदेशीहरूको बढ्दै गएको भन्दै यसलाई अझैं व्यवस्थित र विकसित गर्दै लैजान राजनितिकर्मी र पर्यटन व्यवसायीहरू मिलेर अघि बढ्नुपर्ने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डेढ वर्षअघि भएको सामूहिक बलात्कार गर्ने अभियुक्तलाई ५ वर्ष कैद
  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने