६१ वर्षकी महिला बुलेट बाइकमा सरर…………

प्रकाशित मिति:

बुटवल-काठमाडौं घर भएकी एक ६१ वर्षिया महिला धनाढ्य युवाहरुको रोजाईको बुटेल बाइकमा देश दौडहा गरिरहेकी छन् । उनी हुन् साहितयकार तथा फिल्म निर्माता पुष्पलता आचार्य । उनले जीवनमा दर्जनौं पुस्तक प्रकाशन गरिन् । दर्जनौं लोक,आधुनिक गीती एल्बम समेत निकालिन् । दर्जनौं संघसंस्थामा उनी आवद्ध छन् । १८ वर्ष अघि आफ्ना जीवनसाथीलाई गुमाएर एक्लो जीवन बिताइरहेकी यी महिलाको रुचि भने अचम्मको छ । उनी ६१ वर्ष बृद्ध उमेरमा बुलेट बाइक कुदाउदै देश विदेश घुम्दैछिन् ।

६ लाखको बुलेट बाइक किनेर १५ दिनसम्म लमजुङ,तनहु,चितवन घुमेकी उनी त्यसपछि भारतको गोरखपुर,लखनउ,दिल्ली,अयोध्या जस्ता शहरमा नेपाली राष्ट्रिय झण्डा फहराउंदै घमिन् । भारतको यात्रापछि उनी भैरहवा हुंदै बुटवल र यहांबाट कपिलवस्तुको चन्द्रौटातर्फ लागेकी छन् । उनी अझै तराईका जिल्लाहरुमा बुलेट यात्रा गर्ने तयारीमा रहेको सबल पोष्टलाई बताइन् । नाति नातिना खेलाएर घरमै आराम गरेर बस्ने उमेरमा आफूलाई जवान छु भन्दै उनी तीन महिनायता बुलेट बाइकमा कुदिरहेकी छन् ।

उनलाई अहिले ‘बुलेट आमा’ भन्न थालेका छन् धेरैले । महिलाहरु उमेर छंदै बुढी भएं भने रघरमा थन्किने गरेको आफुलाई मन नपरेर महिलाहरुमा जागरण ल्याउन बुलेट किनेर चढेको र बुलेटमा देश विदेश यात्रा शुरु गरेको उनको भनाई छ । २०४७ सालमा मोटरसाइकलको लाइसेन्स निकालेकी उनले शुरुमा स्कुटर र त्यसपछि आरएक्स मोटरसाइकल चढेको बताइन् । धेरै वर्ष निशान जीप र त्यसपछि स्कार्पियो चलाएर २० जिल्ला घुमिसकेको बताउने उनले ७५ वर्षको उमेरसम्म बुलेट वा हार्ले डेभिडसन बाइक चलाउने इच्छा रहेको खुलाइन् । आफ्नो नाममा लमजुङमा पुष्पलता जनएकता वहुमुखी क्याम्पस रहेको र दर्जनौं संस्थामा आवद्ध रहेको पुष्पलताको दावी छ । आफुलाई ठाउठाउंमा बुलेट बाइक चलाउने युवाहरुको टिमले भेटेर बुलेट आमा भन्दै सम्मान गर्ने गरेको बुटवलमा पत्रकारसंग बताइन् ।