कुरा काट्नेलाई सजायस्वरुप फोहोर उठाउने काम

२१ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
51 Shares


एजेन्सी -विश्वका हरेक समुदायमा कुरा काट्ने कोही न कोही त हुन्छन् । कुरा काट्ने मान्छे नभएको सायदै कुनै समुदाय होला । तपाईं हाम्रै समुदाय वा साथी भाइको समूहमा पनि कुरा काट्ने कोही न कोही त हुन्छन् नै ।

कुरा काट्ने बानी रोकेर रोकिने त होइन । तर फिलिपिन्सको एक शहरले भने शहरका मानिसहरुलाई कुरा काट्नै प्रतिबन्ध लगाउँदै आएको छ । राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरमा रहेको बिनालोनान शहरले त्यहाँ बसोबास गर्ने मानिसका लागि कुरा काट्न प्रतिबन्ध लगाएको हो ।शहरमा अनावश्यक अफवाह नफैलियोस् र शहरका मानिसहरुले अनावश्यक कुरा काटेर समय बर्बाद नगरुन् भन्नाका लागि कुरा काट्न प्रतिबन्ध लगाइएको हो । त्यहाँ सन् २०१७ यता कुरा काट्न प्रतिबन्ध लगाइएको छ ।

यसअनुसार अरु कसैको व्यक्तिगत जीवनबारे जुनसुकै कुरा गर्न समेत पाइदैन । शहरमा को मानिसले कति ऋण लियो, कसको चक्कर कोसँग चल्दैछ कसले कसलाई धोका दियो वा यस्तै किसिमका कुरा गर्न पाइदैन । यद्यपि कुन स्तरको संवादलाई कुरा काटेको भन्ने बारे भने शहरको स्थानीय कानूनमा केही खुलाइएको छैन ।पहिलो पटक कुरा काट्ने मानिसलाई २ सय फिलिपिनी पेसो अर्थात् ३।८ डलर जरिवाना तथा ३ घण्टा सडकको फोहोर संकलन गर्ने सजाय दिइनेछ ।पटक पटक यस्तै ‘अपराध’ दोहो¥याएमा २० डलरसम्म जरिवाना तिर्नुपर्ने तथा ८ घण्टासम्म सामुदायिक सेवा गर्नुपर्नेसम्मका सजाय तोकिएको छ । शहरमा यस्तो नियम लागू गरेयता यस्ता कुरा काट्ने गतिविधिमा उल्लेख्यीय कमी आएको त्यस शहरका मेयर रामोन गुइकोले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने