म्युजिक भिडियोमा ऋषि धमला

प्रकाशित मिति:

काठमाडौं – पत्रकार ऋषि धमला म्युजिक भिडियोमा देखिएका छन् । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘आमा बाबा’ बोलको गीतमा उनलाई पिताको भूमिकामा देख्न सकिन्छ ।

नोरेन श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा धमलाले गरेको अभिनय रुचाइएको छ । यस्तै भिडियोमा कविता आलेलाई आमाको भूमिकामा देखाइएको छ भने युडी गुप्ताले छोराको भूमिकामा अभिनय गरेका छन् ।विदेशमा गएर ज्यान गुमाउने नेपालीको कथालाई भिडियोमा कथावस्तु बनाइएको छ । धमलाले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरेका थिए । उनले आफ्नी पत्नी एलिजा गौतमलाई नायिका लिएर ‘अनुराग’ फिल्म निर्माण गरेका थिए । उक्त फिल्म भने व्यावसायिक रुपमा सफल हुन सकेन ।