टिपर फस्दा रिडि- वामी सडक अवरुद्ध

प्रकाशित मिति:

गुल्मी – बीच सडकमा टिपर फसेपछि रिडि रुद्रबेडी वामी सडक खण्ड अवरुद्ध भएको छ। मुसिकोट नगरपालिका वडा न ५ को इन्द्रेगौडाको सडकमा टिपर फसेपछि मंगलवार साझबाट सड्क अवरुद्ध भएको हो।

गुल्मी र बाग्लुङको अत्यन्तै ब्यस्त सडक अवरुद्ध भएपछि सयौं गाडी रोकिएको स्थानीय व्यवसायी छबिलाल खरालले बताए। बाग्लुङको बुर्तिबाङ र गुल्मीका वामी, भुवचिदी लगायतका स्थानबाट बुटवल काठमाडौ र अन्य गन्तव्यमा हिडेका तथा फर्केने यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्। अहिले अबरुद्ध सडक खुलाउन प्रयास भैरहेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए।