‘इद उलफित्र’का अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

प्रकाशित मिति:

काठमाडौँ -इस्लाम धर्मावलम्बीको महान् चाड ‘इद उलफित्र’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नूभएको छ । सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीलाई राष्ट्रपति भण्डारीले ‘इद उलफित्र’को शुभकामना दिनुभएको हो ।

राष्ट्रपतिद्वारा आज जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ । राष्ट्रपति भण्डारीले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शुभकामना सन्देश जारी गर्नुभएको हो ।संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उलफित्रको महत्वपूर्ण भूमिका रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।