कोइराला निवासको सुरक्षामा नगरप्रहरी

प्रकाशित मिति:

विराटनगर – विराटनगरको कोइराला निवासमा खटिएका सशस्त्र प्रहरी हटाइएपछि विराटनगर महानगरपालिकाले आफ्नै नगर सुरक्षाकर्मी सुरक्षार्थ खटाएको छ । विराटनगर महानगपालिकाका प्रमुख भीम पराजुलीले नगर प्रहरीका तीनजनलाई कोइराला निवासको सुरक्षाका लागि परिचालन गरिएको बताए ।

उनले भने, ‘‘ऐतिहासिक महत्व बोकेको कोइराला निवासबाट सुरक्षाकर्मी हटेपछि त्यसको सुरक्षाप्रबन्ध होस् भने महानगरले नगरप्रहरीलाई परिचालन गरेको हो ।’’ पराजुलीले हाललाई तीन जना नगरप्रहरीलाई निवासको सुरक्षामा परिचालन गरिएको जानकारी दिए ।

एक सय वर्षभन्दा पुरानो निवासमा दैनिक ठूलो संख्यामा आगन्तुकहरु अवलोकनका लागि आउने गरेका छन् । २०५४ सलामा निवासको पछिल्लो भागबाट बम प्रहार गरेपछि निवासको सुरक्षाका लागि सशस्त्र प्रहरीको टुकडी परिचालन गरिएको थियो । तर, गृह मन्त्रालयले निधन भईसकेका पूर्वविशिष्टहरुको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नियमति कामकाजमा पठाइने भन्दै फिर्ता गरेको हो ।ष्णप्रसाद कोइरालाले निर्माण गरेको निवास सर्वसाधारणका लागि संधै खुला हुने गर्छ । सुरक्षाकर्मी हटेपछि भने गत विहीबार ताल्चा लागेको थियो ।