चोपेन्द्रले साइन गरे ‘झिँगेदाउ’

प्रकाशित मिति:

काठमाडौं – ‘बुलबुल’ फेम्ड अभिनेता कुमुन भुषाल (चोपेन्द्र)ले चलचित्र ‘झिँगेदाउ’मा मुख्य कलाकारका रुपमा अभिनय गर्ने भएका छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’मा मुकुन फाइनल भए पनि उनको अपोजिटमा को रहने निश्चित भइसकेको छैन ।

“मौलिक कथाबस्तु भएकाले मैले साइन गरेको हुँ । कथामा केही कमर्सियल इलेमेन्ट्सहरु पनि थपिएको छ,” मुकुनले बाह्रखरीसँग भने, “पुरानो अनुभवी निर्देशक कमब्याक गर्दै गरेको चलचित्र भएकाले पक्कै पनि राम्रो होला भन्ने मेरो अपेक्षा छ ।” ‘झिँगेदाउ’ साहित्यकार भिमनिधी तिवारीको लोकप्रिय कथा हो । भदौबाट चलचित्र छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।