इद उल फित्र पर्बमा सभापति भरत कुमार शाह द्रारा राषटिय एकता र सहिष्णुताको कामना

प्रकाशित मिति:

अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदले जनाएको छ ।यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सो दान पनि गरिबलाई नै दिइन्छ ।मुसलमान समुदायको एक महिना लामो व्रत ९रोजा० सकिएपछि यो वर्ष मनाउने गर्छन् । एक वर्षभित्र गरिएका पाप कटाउन रोजा गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ त्राविको पूजा गरिएको थियो । पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।यसैबिच इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’ का अवसरमा सार्वजनिक लेखासमिति का सभापति भरत कुमार शाह ज्युले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन् ।सभापति द्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ । सभापति भरत कुमार शाह ज्युको सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उल फित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेकी छन् ।