शान्ति समाजले रोप्यो बुटवलको फूलवारीमा १ सय बिरुवा

प्रकाशित मिति:

बुटवल –विश्व वाताबरण दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा न १ मा रहेको ऐतिहासिकस्थल मणिमुकुन्द सेन उद्यान फूलबारीमा १ सय बिरुवाहरु रोपिएको छ ।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आंप,कटहर,नीम,धुपी,फूलहरु लगायत प्रजातीका बिरुवाहरु रोपेको हो ।

सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिनद खनालले प्रकृतीको संरक्षणले मात्र मानव जीवनको अस्थित्व रहने बताए ।उनले प्रकृतीको दोहन गर्दा प्रकृतीले पनि मानिसको जीवनलाइ असर गर्ने गरेको धारणा राखे ।समाजका जिल्ला सभापति डीपी खनालले शान्ति समाजले मानव अधिकारसंग जोडिएको पर्यावरण बंचाउन यो प्रकारको काम गरेको जानकारी दिए ।

मणिमुकुन्द सेन उद्यान फूलबारीका अध्यक्ष खेम लुइटेलले फूलवारीको योजनामा पनि बृक्षारोपण रहेको भन्दै समाजले थालेको कामको प्रशंसा गरे ।बृक्षारोपणमा लेखक ऋषि आजाद,समाजका सहसचिब कपिल ज्ञवाली ,कार्यक्रम संयोजक कृष्ण पाण्डे लगायतले बोल्दै रोपिएका बिरुवा संरक्षणका लागि सबै लाग्नुपर्ने बताएका थिए ।
बृक्षारोपणमा बुटवलको अक्सबृज टेक्निकल कलेजका बिद्यार्थीहरुले पनि सहयोग गरेका थिए ।