अञ्चल अस्पताल मा १ बर्षमा ३ लाख २५ हजारले लिए स्वास्थ्य सेवा

प्रकाशित मिति:

प्रदेश नं ५को राजधानी बुटबलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा एक बर्षमा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन ।
२०७४ साउन देखी ७५ असार सम्म लुम्बिनी अञ्चल अस्पतालमा ईर्मेजेन्सी ओपीडी अस्पतालमा भर्ना गरेर उपचारसेवा लिने, रोकथाम तथा प्रबद्धक ,डेसिङ चिरफार एनटीरेबिज भ्याक्सीन एचआई भी एडस लागुपर्दाथ पोषण र पुर्नस्थापना गरि ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएका हुन । गतबर्षको २ लाख ९२ हजार भन्दा बढीले सेवालिएका थिए भने ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।
रेग्मीका अनुसार २०७१ मा २ लाख ५५ हजार ४ सय ८४ , ७२ मा २ लाख ७१ हजार १ सय ३७ ,७३ मा २ लाख ७८ हजार २सय ३ ,७४मा २ लाख ९२ हजार ९ सय २७ र ७५ मा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन । गतबर्षको भन्दा यस बर्ष ३० हजार बढीले सेवा लिएको बताए ।
रेग्मीका अनुसार ईर्मेजेन्सीमा ५४ हजार २ सय ३० ओपीडिमा १ लाख ३९ हजार ६सय १७ अस्पतालमा भर्ना गरेरउपचार गरेका १८ हजार ४ सय २२ रोकथाम तथा प्रबद्धक २९ हजार ७ सय १३ डेसिङ चिरफार ५ हजार ३ सय ८० एआर भि तथा अन्य सुई २३ हजार ८ सय ६० एचआई भी एडस १२ हजार ७ सय ५६ लागुपर्दाथ दुव्यसनी ४३ हजार ९ सय ६ पोषण र पुर्नस्थापना १९ सय ९७ जना रहेको अस्पतालको तथ्याकले देखाएको बताएका छन ।
लुम्बिनी अञ्चल अस्पताल बुटबलका प्रमुख डा कृष्ण प्रसाद खनालले सेवा थपबृद्धि भैरहेको र चेतनाको कारण सेवा लिनेको संख्या बढदै गएको वताए । डा खनालले पहिले अस्पताल आउने बिरामी जडिल अबस्थाम मात्र आउने भने अहिले समान्यसमस्या हुदा समेत सल्लाहसुझाबको बढीआउने गरेको बताए । अहिले उपचार मा आएका बिरामीको एकपटकमात्र काउन्ट गरेको समेत बताए ।उनीहरु पटक पटकको सेवा नजोडेको बताएका छन । डा खनालले अर्काे तर्फ समाजमा स्वास्थ्यप्रति बढी सचेतहुन भएको कारण समेत बिरामीको चाप बढेको बताएका छन ।