सरकारले मानव संशाधनको विकासमा जोड दिएको छ : अर्थमन्त्री खतिवडा

प्रकाशित मिति:

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशोधनको विकासमा जोड दिएको बताएका छन् । उनले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशोधनको विकासलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।

बुधबार भुटान–नेपाल ह्युमन क्यापिटल फोरमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खतिवडाले सरकारले मानव संशोधनको विकासलाई प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा गत वर्षको तुलनामा बजेट वृद्धि गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले भुटान र नेपालले मानव संशाधनको विकासमा सहकार्य गरेर काम गर्न सक्ने पनि बताए । तीव्र आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सरकारले मानव संशोधनको विकास कार्यक्रममा केन्द्रित हुनु परेको उनको दाबी छ ।