आखिर प्रधानमन्त्री ओलीले पनि रोपे सिंहदरवारभित्र रुख

प्रकाशित मिति:

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकाडोको विरुवा रोपेका छन्। विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोपेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भूमिसुधारमन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगरलगायतले विरुवा रोपेका हुन्। – रासस