विश्व वातावरण दिवशमा कञ्चनमा सरसफाई अभियान शुरु

प्रकाशित मिति:

कञ्चन-विश्व वातावरण दिवश तथा लुम्बिनी भ्रमण बर्ष २०७६ को अवसरमा कञ्चन गाउपालिकाले फायरलाइन लुम्बिनी सडक अन्तर्गत फायरलाईन देखि प्रतापपुर सम्मको सडक सरसफाई कार्यक्रम संचालन गरेको छ।

कञ्चन गाउपालिकाको वार्ड नं।३,४ र ५ वडाका स्थानिय संघ संस्था,बिधालय तथा टोल बिकास संस्थाहरुले आ आफ्नो संस्थाको ब्यानर सहित सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए।सो कार्यक्रममा कञ्चनका जन प्रतिनीधीहरुको समेत सहभागिता रहेको थियो। वडा नं।३ को हरैया बजार क्षेत्र हुँदै प्रतापपुर,हनुमान नगर,झारगैरा र धौलागिरी चोक वडा नं।४ को शिवालय चोक,थकाली चोक,पुर्तिघाट बजार हुँदै अस्नैया र वडा नं।५ को पिपरीचापा,गरगरे भैसाही र सण्डहवा लगायत बिभिन्न टोलहरुमाउक्त सरसफाई कार्यक्रम संचालन गरिएको थियो सरसफाई कार्यक्रमको नेतृत्व वडा नं।३ मा वडा नं।३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले नेतृत्व गर्नु भएको भने वडा नं।४ मा वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री र वडा नं।५ मा वडाका वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेतृत्व गर्नु भएको थियो।

रुद्रपुर खानेपानी तथा सरसफाई संस्थाको सह आयोजना रहेको कार्यक्रममा हरैया ताल बिकास संस्था,हनुमान नगर आमा समूह,प्रतापपुर टोल बिकास संस्था,शिबशक्ती आमा समूह,रुद्रपुर माध्यमिक बिधालय,हरैय माध्यमिक बिधालय,रुद्रपुर पिसल्याण्ड भु।पु।सैनिक स्कुल,लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालय,बुद्ददिप आवासिय स्कुल,थकालीचोक टोल बिकास संस्था,जनआस्था पृथ्बी क्लब,नवजागृति आमा समूह,नवदुर्गा आमा समूह,धौलागिरी नारी जागरण आमा समूह लगायत संघसंस्थाहरुको सहभागी रहेको कार्यक्रममा वार्ड नं३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले बिश्वबाताबरण दिवसमा मात्र नभै हरेक दिन आफ्नो घर वरिपरिको वातावरण स्वस्थ राख्न सफाई कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको छ।कञ्चन मुख्य बजार हरैया हो हरैयाबाट सफाइको सन्देश पुर्याउनु पर्ने बताउनु भएकोछ।यसैगरी वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले लुम्बिनी भ्रमण बर्षलाई सफल बनाउन बाह्य तथा आन्तरिक पर्यटकहरुलाई कञ्चन सफाई देखेर सकारात्मक सन्देश लैजाने वातावरण सृजना गर्नु पर्ने बताउनु भएकोछ।कञ्चन लुम्बिनिको प्रबेश द्वार भएकोले पनि कञ्चनलाई सफा राख्नु कञ्चन बासीको कर्तब्य भएको बताउनु भएकोछ।यसैगरी वडा नं।५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्वस्थ वातावरण बनाउनको लागि आफ्नो घर आगन संगै गाउँ र टोल पनि सफा राख्नु पर्ने बताउनु भएकोछ।सडक छेउ र आफ्नो घर वरिपरि सफा राख्नाले गाउँ ठाउको सुन्दरता बढ्नुको साथै स्वस्थ जीवन जिउन समेत सहयोग गर्ने बताउनु भएकोछ।