सरकार कुनैपनि घटनामा मुकदर्शक बनेको छैन : प्रचण्ड

२६ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
1 Shares


पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका पछिल्ला क्रियाकलापका बारेमा समीक्षा सुरु गरिएको बताएका छन् । गृह जिल्ला चितवन मा प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै कही कतै कमी भएको छ भने समीक्षा गर्न पार्टी र सरकार तयार रहेको बताए । कतिपय घटनामा सरकार मुकदर्शक भएको टिप्पणी भइरहेको भन्दै उनले त्यो गलत भएको दाबी गरे ।‘पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरा साँचो होइन,’ प्रचण्डले भने, ‘यी सबै घटनाक्रमहरु नियन्त्रणमा छन् । सरकार दृढताका साथ अघि बढेको छ । विकास र समृद्धिको एजेण्डा र सुशासनका निम्ति प्रयास भइरहेको छ ।’
यसैबीच
अर्थमन्त्री परिवर्तन गर्ने विषयमा चलेको चर्चामा सत्यता नभएको पनि अध्यक्ष प्रचण्डले प्रष्ट पारे । करका कारण जनताको छाएको चिन्तामा सरकार गम्भीर रहेको भन्दै उनले त्यसमा समीक्षा हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
  • यसै वर्षको अन्तमा कोरोनाको भ्याक्सिन विश्वबजारमा आउने दाबी
  • निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्चको आदेश
  • अमेरिकामा चारसय स्वास्थकर्मीलाई नेपालीले खुवाए खाना
  • बुटवलको कोरोना विशेष अस्पतालबाट निको भएर चार जना घर फर्किए
  • नवलपरासीमा नंया प्रहरी प्रमुख आएसंगै तस्करहरुको भागाभाग
  • लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले…
  • आँधिखोला लघुवित्त वित्तिय संस्था द्वारा प्रदेश–५को विपद् ब्यवास्थापन राहत कोषमा…
  • बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि
  • गाई संरक्षणका लागि गौशाला निर्माण