कपिलवस्तुमा मुस्लिम समुदायको महानचाड पर्ब ईद धुमधामका साथ मनाइयो

प्रकाशित मिति:

इमरान खान/कपिलबस्तु -इस्लामीक पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर एक आपसमा अकमाल गरी आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने गरीन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख गरिएको कपिलवस्तु का हजरत मौलाना अली हसन निजामीले जानकारी दिए । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सदका फितर भनिन्छ । सो दान पनि गरिबलाई नै दिइन्छ ।मुसलमान समुदायको एक महिना लामो व्रत ९रोजा० सकिएपछि यो वर्ष मनाउने गर्छन् । एक महिनासम्म दिनभर पानी सम्मा नखाई रोजा बर्त बसी साँझ तिर इफ्तार गरी रोजा वर्त खोलने गरीन्छ । पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।