मालिका गाउँपालिकाद्वारा मालिका क्वीज सम्पन्न , क्वीजमा आठ बिधालय सहभागि

प्रकाशित मिति:

मनोज कार्की/ गुल्मी- गुल्मी जिल्लामै पहिलो पटक मालिका गाउँपालिकाले मालिका क्वीज सिमलटारिमा सम्पन्न गरेको छ । मालिका गाउँपालिका र टिजि मिडिया प्रा लिकोे सहकार्यमा मालिका क्वजी सञ्चालन गरिएको हो । मालिका क्वीजमा पालिका भित्रका १० माध्यिमिक बिधालय मध्ये ८ माबि क्वीजमा सहभागि भएका थिए । क्वीज प्रतियोगिता मालिकाको मालिका मा बि सिमलटारिमा सबै बिधालयलाई पाएक पर्ने भौतिक हिसाबले सहज भएको कारण मालिका मा बि मा राखेको गाउँपालिकाले जनाएको छ ।

मालिका क्वीजमा मालिका मा बि सिमलटारि प्रथम ,देबिस्थान माध्यिमिक बिधालय घमिर द्धितिया र म्याले मा बि ह्वाङदी तृतिया भएका छन् । प्रथमहुनेले १२ हजार,द्धितिया हुनेले ९ हजार तृतियाहुनेले ६ हजार र साथमा प्रमाण पत्र पाएका छन् । कार्यक्रमको उद्धघाटन गर्दै गाउँपालिका प्रमुख रित बहादुर थापाले पालिका भित्रका बिधार्थीहरुको बौद्धिक क्षमतमलाई बृद्धि गर्ने क्वीज कार्यक्रम राखेको बताए । बौद्धिक बिकासका बिधार्थीलाई कन्द्रित गर्दै लोक तारा , ब्याक्तित्व बिकास तालिम ,मालिका रनिङशिल्ड प्रतियोगिता लगाएतका कार्यक्रम राखिएको प्रमुख थापाले बताए ।

मालिका क्वीज सञ्चालनमा बिधार्थीर शिक्षक शिक्षिकाले सहयोग गरेको भन्दै मालिका मा बि परिबारलाई कार्यक्रम संयोजक डिबि खड्काले धन्यबाद दिए ।बिधार्थीलाई किताबि किरा भएर हुदैन अब बिधार्थीहरुलाई यो समयमा बौद्धिक क्षमता पनि आबश्क पर्ने र आगमि दिनमा बौद्धिक कार्यक्रमलाई बिशेष ध्यान उप प्रमुख देवा अर्यालले बताईन ।मालिका गाउँपालिकाले शिक्षाशाखामा पनि निरन्तर बिकासहुने कार्यक्रम गर्दै आएको र आगमि बर्ष पनि अझै प्रभाबकारि हुने कार्यक्रम ल्याउने तयारिमा रहेको मालिका गाउँपालिकाका शिक्षा तथा सामाजिक संयोजक शोभाखर गिरिले बताए । आफ्नै वडाको बिधालयमा तालिम भएको भन्दै गाउँपालिका परिबारलाई मालिका ८का वडाअध्यक्ष टिका जिसिले धन्यबाद दिए । किताबि कुरामात्र नभएर बौद्धिक बिषयका गहिरो अध्ययन गर्ने सबै बिधार्थीहरुलाई वडाअध्यक्ष जिसिले आग्रह का थिए ।कार्यक्रममा गाउँपालिका प्रमुख रित बहादुर थापा उप प्रमुख देवा अर्याल शिक्षा तथा सामाजिक संयोजक शोभखर गिरि वडा नं ८ का अध्यक्ष टिकाबहादुर जिसिको उपस्थिती रहेको थियो ।