इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जना वेपत्ता

प्रकाशित मिति:

एजेन्सी -इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ। शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलासा भएको थियो। सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो।

यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका सदस्यहरु भएको जनाइएको छ। सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गईरहेको थियो। चालक दलका सदस्यहरु यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धार कार्य जारी रहेको बताइएको छ।