फर्स्टलुकमा ‘मारुनी’यस्तो देखियो

प्रकाशित मिति:

काठमाडौं – आगामी भदौ १३ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘मारुनी’को फस्टलुक सार्वजनिक भएको छ। गत वर्षको असोजमा रिलिज फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘मारुनी’मा देखिँदैछिन्।

फिल्ममा उनले नायक पुष्प खड्कासँग रोमान्स गरेका छन्। पुष्पको पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ हो। फिल्म ‘मारुनी’को सार्वजनिक दुई फस्र्टलुकमा साम्राज्ञी र पुष्प फिचर्ड छन्।पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरेको फिल्ममा नवल नेपालको निर्देशन छ। फिल्ममा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माता छन्। फिल्ममा रेविका गुरुङको पनि अभिनय छ।फिल्मकी निर्मात्री गौतमले दर्शकको मुटुलाई छुने फिल्म बनाएको बताइन्। ‘फिल्ममा धेरै ट्वीस्ट छन्। फिल्मले दर्शकलाई छुन्छ’, उनले भनिन्। फिल्ममा सञ्जय लामाको छायांकन छ।