सलमानले भने-पर्दा र पर्दा बाहिर केमेस्ट्री त कट्रिनासँगै जम्छ

प्रकाशित मिति:

एजेन्सी -बलीउड सुपरस्टार सलमान खानको फिल्म भारत केहि दिनमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी भिन्नै सिमिको भुमिका निभएको देख्न सकिन्छ । सलमान यति बेला फिल्म भारतको प्रमोसनमा छन् ।

सो क्रममा उनलाई आजतकमा सलमानलाई फिल्ममा कुन एक्ट्रेससँग केमेस्ट्री मिल्छ भन्दा उनले सोझै कट्रिना कैफ भन्दै जवाफ दिएका छन् । उनलाई अनस्क्रिन कोसँग केमेस्ट्री जम्छ भन्दा उनले भने ‘कट्रिना कैफ, उनीसँग अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री मिल्छ ।’सलमान र कट्रिनाको जोडी दर्शकले मन पराउने मात्र नभइ पछिल्लोसमय उनीहरुको नाम निकै जोडिदै आएको पाइन्छ ।