स्वतन्त्रको आधारभुत पत्रकारिता तालिम सकियो, व्यावसायिक र बिट पत्रकारितामा जोड

प्रकाशित मिति:

बुटवल – गुणस्तरिय पत्रकारिताका लागि बिट पत्रकारिता गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । एउटा पत्रकारले सबै बिषयमा कलम चलाउदा गुणस्तरियता कायम हुन नसक्ने भन्दै उनीहरुले बिट पत्रकारिताको आबश्यकता औँल्याएका हुन ।

स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीले आयोजना गरेको १० दिने आधारभुत पत्रकारिता तालिम समापनका अवसरमा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष के।वी मसालले पत्रकारिता पेशालाई मर्यादित र प्रभावकारि बनाउन पत्रकारले आफ्नो रोजाइको बिषयमा कलम चलाउनु पर्ने बताए । एक ब्यक्ति सवै बिषयको जानकार हुन कठिन हुने भन्दै उनले आफ्नो ज्ञान र शिपको आधारमा बिट समात्न पत्रकारहरुलाई आग्रह गरे । उनले पत्रकारिता पेशामा सिकाइ निरन्तर भइरहने भन्दै अध्यायन गर्ने बानि बसाल्न पनि प्रशिक्षार्थीहरुलाई सुझाव दिएका छन ।

कार्यक्रममा रेडियो जागरणका अध्यक्ष तथा पुर्व सांसद बिनोद पहाडीले पत्रकारिता गर्दा आइपर्ने चुनौतिलाई अवसरका रुपमा लिनुपर्ने वताए । अधिनायकबादि शासन व्यावस्थाका बिरुद्धमा उभिदा पत्रकारहरु मारिएका घटनाको स्मरण गर्दै उनले पत्रकारको कलममा धेरै तागत लुकेको बताए ।नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको आर्थिक पक्ष पनि सवल रहेको दावी गरे । पत्रकारिता पेशाले जिवन धान्न सकिन्न भन्ने हल्ला चल्ने गरेको बताउदै उनले व्यावसायिक र बिट पत्रकारिता गर्ने पत्रकारको आर्थिक पक्ष सवल रहेको दावी गरेका हुन ।कार्यक्रममा प्रशिक्षार्थीहरुले १० दिनको तालिमले आफुहरुमा पत्रकारिताको भोक जागेका बताए । उनीहरुले प्रत्येक बिषयमा उत्कृष्ट प्रशिक्षकहरुको साथमा प्रशिक्षण लिन पाउदा आफुहरु अत्यन्तै हर्सित भएको बताए ।समापन समारोहमा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र जंग रायमाझी, संघको रुपन्देही शाखाका संस्थापक अध्यक्ष बाबुराम गैरे, कृषि पत्रकार समाज प्रदेश नम्वर ५ का अध्यक्ष कृष्ण खनाल, लुम्बिनी टेलिभिजनकी स्टेशन म्यानेजर भगवती पाण्डे, बुटवल एफ एमका पत्रकार झविन्दै देवकोटा, उल्टो साईकल यात्री पत्रकार बिरेन्द्र पाण्डे, डिआरजी सुमन लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रशिक्षार्थीको तर्फवाट विपिन नेपाल र विपना पन्थीले तालिम अवधिभरका अनुभवहरु राखेका थिए ।गत जेठ १० गते शुरु भएको तालिममा समाचार लेखन, वाचन, रेडियो रिपार्ट, स्टेज उद्धघोषण लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।यसैबिच स्वतन्त्र पत्रकार संघको राष्ट्रिय अधिवेशनबाट बिभिन्न पदमा निर्वाचित रुपन्देहीका स्वतन्त्र पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । तालिम समापनका अवसरमा बिभिन्न राष्ट्रिय अधिवेशनबाट उपाध्यरक्ष पदमा निर्वाचित राजेन्द्र जंग रायमाझी र केन्द्रिय सदस्यद्धय सीता दर्नाल र विवस बिष्ट सम्मानित भएका हुन । कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने तालिमका प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।स्वतन्त्र पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष अनिल पहाडीको अध्यक्षता, संघका राष्ट्रिय अध्यक्ष के। बी मसालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहको सञ्चालन सचीव मिलन पंगेनी र स्वागत उपाध्यक्ष चक्रपाणी डुम्रेले गरेका थिए