‘जाइरा’ मा नम्रता मिक्स मार्शल आर्ट खेलाडी (टीजर)

प्रकाशित मिति:

काठमाडौँ -आउँदो भदौ ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को अफिसियल टीजर सार्वजनिक भएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको टीजर सार्वजनिक गरिएको हो । टीजरमा अभिनेत्री नम्रता मात्र फिचर्ड छिन् । उनलाई भिन्न लुक्समा देख्न सकिन्छ ।

पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । नव(अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् । नव(अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतीमा फिल्म बनेको हो ।

फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि।ओ।पी। बाबु श्रेष्ठको रहेको छ । अभिनेत्री नम्रताले फिल्म एउटा मार्सल आर्टिस्टको बदलाको कथामा बनेको बताइन् । उनी भन्छिन्, ुशारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल पनि काटेकी थिएँ । हामीले एउटा राम्रो महिला प्रधान एक्शन फिल्म बनाउने प्रयास गरेका छौँ ।ु निर्देशक श्रेष्ठले दर्शकलाई निराश बनाउन हुँदैन भन्ने मान्यतका साथ आफूले फिल्म बनाएको बताए ।