नजिता प्रकाशन नगर्न अख्तियारको पत्र

प्रकाशित मिति:

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न पत्राचार गरेको छ ।सेवा आयोगले लिएको परीक्षा पारदर्शी नभएको उजुरीपछि अख्तियारले अन्तिम नतिजा सार्वजनिक नगर्न त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालले भने,‘यो विषयमा हामीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौँ । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेका छौँ, यदी परीक्षामा अनियमितता ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुनेछ’ ।त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३–०७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुल्ला आवेदन माग गरेको थियो ।, समाचार राजधानी दैनिकले छापेको छ ।