जलविद्युत आयोजनाहरु धमाधम ग्रिडमा जोडिंदै

२६ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन ग्रीड मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् आयोजनाहरु प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भई धमाधम ग्रीडमा जोडिन थालेका छन् । प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् ।

प्राधिकरणले हाल चार आयोजनाको विद्युत खरिद सम्झौता ९पिपिए० गरेको छ । प्राधिकरणका अनुसार धनकुटा लेगुवा खोलाको ४० किलोवाट, नुवाकोट स्याउरेभूमे खोलाको २३ किलोवाट, ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट र लमजुङ मिदिम खोलामा निर्माण भएको सय किलोवाटको पिपिए गरिएको छ । यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया