नर्सरी उद्यमशीलतामा रमाएकी कृषिउद्यमी

प्रकाशित मिति:

सुकमाया पाटा राई (५२वर्ष) बुलिंगटार गाउँपालिका ३, नवलपुरमा बस्नुहुन्छ । उहाँले ६ महिनाअघि स्थानीय सुन कागती(१ जातको कागतीको नर्सरी स्थापना गरी नर्सरी उद्यममा अग्रसर हुनुभएको हो । रोग र किराबाट विरुवालाई जोगाउन स्थानीय सामग्रीको अधिकतमप्रयोग गरी ग्रीन नेटभित्र सुरक्षित रुपमा हुर्काईएका कागतीका विरुवाहरु अहिले उहाँसँग करिब ६ हजार छन् । नर्सरी स्थापना र प्रवद्र्धनका लागि आर्थिक तथा प्राविधिक सहयोग गैंडाकोट नवलपुरमा रहेको सहमति संस्था र Lutheran World Relief) को साझेदारीमानवलपुर, तनहुँ र गोरखाजिल्लामा सञ्चालितअमिलो जातकाफलफूलहरुको बजार विकास परियोजनाले सुरुदेखि नै कृषिप्राविधिकको घरदैलो सेवासहितनिरन्तर सहयोग गर्दैआएको छ । नर्सरी उद्यम सुरु गर्दा के हुने कसो हुने दुविधाले सताएपनिहालकरिब ६ लाख बराबरकाविरुवाआफ्नो नर्सरी बढेको देख्दालगावत यसै पनि बढेको छ, साथै नर्सरी उद्यमीको रुपमा अगाडि बढ्न पाउँदाखुशीपनिमिलेको छ, सुकमायाले भनिन् ।

यसैगरी सुकमायाको जस्तै सोही परियोजनाको सहयोग लिएर नवलपूरमा बुलिंगटार गाउँपालिका वार्ड नं. ५, राईकोट, बौदीकाली वार्ड नं. ५, लुंगेलीथर र वार्ड नं. ४, रुचांग समेत गरी ४ ठाउँमा स्थानीयजातको सुन्तलाको नर्सरी छ । साथै तनहुँको देवघाट गाउँपालिकाकोटवैदी, छिपछिपे, आँबूखैरेनीको पतेनी, बन्दिपूर गाउँपालिकाको काफलस्वाँरा तथा गोरखा जिल्लाको शहिद लखनगाउँपालिका मनकामना ढाँडबारी एवं पालुंगटार नगरपालिकाको वार्ड नं. ९ पाण्डेवेशीमापनि सुन्तला र कागतीको नर्सरीहरु स्थापनाभएकाहुन् । सुरक्षित रुपमाग्रीन नेटभित्र स्थापित सबै १० वटा नर्सरीमाहाल १ लाख ५० हजारभन्दा बढी सुन्तला र कागतीकाविरुवाहरु रहेको र यी सबै विरुवाअर्को आर्थिक वर्षमाकिसानहरुले स्थानीयस्तरमा नै लगाउने एवं नवलपूर, तनहुँ र गोरखा जिल्लामा करिब ७००० रोपनी क्षेत्रफलमा सुन्तला जात फलफूल खेतीको क्षेत्र विस्तार हुने सहयोगी संस्थाका परियोजना संयोजक शिव सुवेदीले जानकारी दिए । सोही परियोजनाकै सहयोगमानवलपूर, तनहुँ र गोरखा जिल्लाका बुलिंगटार, डेढगाउँ, कोटा, झाँक्रा, पाण्डेवेशी र उम्लुंग गाउँलाई कागती खेती गाउँको रुपमा विकास गर्ने तथा अरु सुन्तला खेतीभईरहेका ठाउँहरुमा सुन्तला खेती मै विशेष गरी उत्पादन, उत्पादकत्व वृद्धिका साथै सहकारी प्रणालीको बजारीकरण व्यवस्थापनमार्फत् सानाकिसानहरु लाभान्वित भएका हुन् । यसै क्रममाविभिन्न चरण गरी हाल सम्म किसानलाई निरन्तर प्राविधिक सहयोगसहित ५० हजार सुन्तला तथा कागतीका विरुवाहरु निशुल्कवितरण गरिसकिएको, सुन्तला बगैंचा सम्म जोड्ने शाखामोटरबाटो १८ किमी निर्माण गरिएको, दुर्गम गाउँहरुमा विभिन्न ६ वटा कृषि सहकारीहरुको सञ्चालन स्वसम्पन्नता र वित्तीय स्वसम्पन्नताको लागि७ करोड भन्दा माथीको छरिएर रहेको स्थानीय पूँजीको श्रृजना गराई प्रवद्र्धन तथाक्षमताविकास गरिएको एवं सहकारीबाट व्यवस्थितबजारीकरणका लागिआवश्यक समन्वय र सहजीकरण गरिएको बताईएको छ । साथै परियोजना सुरु गर्दा ५६ वटा सुन्तला कृषक समूहमा आवद्ध सुन्तलाजात फलफूलबाट सानाकिसानहरुको औषतआम्दानी रु.१४००० बाट ३ गुणाले बृद्धि भई रु.४५,००० पुगेको, ११० हेक्टर क्षेत्रफलमाव्यवस्थित सानासिँचाई प्रणालीका लागिकिसानलाई सहयोग गरिएको तथा थप १०० हेक्टर क्षेत्रफलमा सुन्तला र कागतीखेती क्षेत्रस मेत विस्तार भएको परियोजनाकी कृषिअधिकृत युना गैरेले बताईन ।