भारतमा न शुद्ध हावा छ , न पानी नै छ – ट्रम्प

२३ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
173 Shares


एजेन्सी –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रुसको आलोचना गरेका छन् । ट्रम्पले भनेका छन्,‘भारत, रुस र चीन जस्ता देशमा राम्रो हावा र पानीसम्म छैन । विश्वको पर्यावरणलाई लिएर यी देश आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन् न त उनीहरुलाई आफ्नो जिम्मेवारी बोध छ । यी देशमा सरसफाइ र प्रदुषणको बारेमा केही सोच नै छैन ।’

बेलायती टेलिभिजन आईटीभीमा दिएको अन्तर्वार्तामा उनले अमेरिका विश्वको सबैभन्दा स्वच्छ देश मध्ये एक भएको बताए । उनले भने,‘भारतलगायत कयौं देशमा धेरै राम्रो हावा पनि छैन । न सफा पानी छ । यदी तपाई केही सहरमा जानुहुन्छ भने…यी शहको नाम म भन्दिन तर मलाई थाहा छ । यी शहरमा जाँदा तपाई स्वास फेर्न पनि सक्नु हुन्न ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया