गोकर्ण विष्टलाई छाया मन्त्रीले दिइन कडा चुनौती

२३ जेष्ठ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।मलेसिया रोेजगारी बन्द र स्वदेशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना हुन नसक्दा हजारौँ नेपालीहरु बेरोजगार बन्नुपरेकाले मलेसिया रोजगारी खुलाउनुपर्ने र सत्यतथ्य बाहिर ल्याउन माग गर्दै काँग्रेस सांसद एवं छाया सरकारकी श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डिला संग्रौला पन्तले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।

मलेसिया नेपाली युवाहरुका लागि आकर्षक गन्तव्य मानिन्छ । तर, विगत एक वर्षयता नेपालीहरुका लागि मलेसिया रोजगारी बन्द छ ।जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपछि सरकारले त्यसबारे सदनलाई अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ ।

‘नेपालमा लाखौं युवाहरु बेरोजगार छन् । नेपालीको मुख्य गन्तव्य भनेको मलेसिया नै हो । सरकारले सम्झौता गरेको ८ महिना भन्दा बढी भएको छ । त्यसले गर्दा लाखौं युवाहरु अलपत्र परेका छन् । मलेसिया एक वर्षदेखि बन्द छ । नेपालमै रोजगारीको वातावरण बनिसकेको छैन् । मुलुकले ठूलो रेमिट्यान्स गुमाएको छ’, काठमाण्डुटुडेसँग कुरा गर्दै सांसद पन्तले भनिन् ।

छायामन्त्री पन्तले मंगलबार यस्तो प्रस्ताव दर्ता गरेपछि मलेसिया रोजगारी प्रकरण फेरि चर्चामा आएको छ । ‘स्वास्थ्य परीक्षण गर्ने, जाँचबुझ गर्ने बेलामा एजेन्सीबाट धेरै चलखेल भएको छ । सरकारले रोक्न सकेको छैन’,उनले भनिन्, ‘अर्को महत्वपूर्ण कुरा, वैदेशिक रोजगारमा विकृति बढेर गयो यसले गर्दा नेपाली युवाले धेरै दुःख पाएका छन् । सरकारले यसमा ध्यान दिएको छैन् । सत्यतथ्य के हो ? राेगारीकाे अाकर्षण मानिएकाे मलेसिया किन बन्द भयाे ? त्यसको छलफलका लागि सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता गरिएको हो । यसबारे सरकारले संसदलाई जानकारी दिनुपर्छ ।’

श्रम मन्त्रालयका अनुसार गत वर्षको आठ महिनामा ७७ हजारभन्दा बढी युवा मलेसिया गएका थिए । तर, यस वर्षको सोही अवधिमा तीन हजारभन्दा कम रहेको पन्तको भनाई छ । मलेसिया बन्द भएको यत्रो समय बितिसक्दा पनि कुनै पहल नगरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको आलोचना हुन थालेको छ । सरकारले भने यसविषयमा पहल भइरहेको प्रतिक्रिया दिएको छ । सांसद पन्तको यो कदमले मलेसिया रोजगारीमा सरकारले आवश्यक कदम चाल्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश