धार्मिक कार्यमा भगवान लाई चढाउने भन्दै चामाल किन चढाउछन ? यस्तो पो रहेछ अचम्मैको धार्मिक जानकारी

प्रकाशित मिति:

एजेन्सी – चामललाई अक्षता पनि भन्ने गरिन्छ। अक्षताको अर्थ हुन्छ नभाचिएको। जसको रंग सेता हुनु परयो। पुजाका लागि अक्षताको प्रयोग अनिवार्य छ। कुनै पनि पुजाको समयमा गुलावी, पहेलो, अबीर तथा सिन्दुर अर्पित गरेपछि अक्षता चढाउने गरिन्छ। अक्षता नभएमा पुजा पूर्ण नहुने धार्मीक विश्वास छ। पुजामा चामलको निकै महत्व छ। भगवानलाई त झन यो अर्पित गरिन्छ। साथै कुनै व्यक्तिलाई टिका लगाउन पनि चामलको प्रयोग गरिन्छ। भोजनमा पनि चामलको प्रयोग गरिन्छ।

सिन्दुर, गुलाबी, अबिर र पहेलो रंग जस्तै चामलमा कुनै विशिष्ट सुगन्ध हुँदैन्। तर यसको विशेष रंग हुन्छ। अन्तः मनमा यो जिज्ञासा उठ्न छ की पुजामा अक्षताको प्रयोग किन गरिन्छ ? अक्षतालाई पूर्णताको प्रतिकका रुपमा लिइन्छ। जुन भाच्चिएको नहुनु पर्यो। चामल अन्नमा सबै भन्दा श्रेष्ठ मानिएकाले पनि भगवानलाई चढाइने गरिन्छ।

अक्षता चढाउने समयमा हाम्रो भावनामा आउने गर्दछ की कुनै पनि अन्न प्राप्त हुन्छ, जुन भगवानको कृपाले गर्दा प्राप्त हुन्छ। अन्न मध्ये चामललाई मुख्य अन्न मानिने भएकाले यसको प्रयोग गरिन्छ। त्यस्तै सेतो रंग शान्तिको प्रतिक हो। त्यसैले चामल सेतो भएका कारण हाम्रा प्रत्येक कार्यमा शान्ति प्राप्त होओस् भनेर पनि अक्षताका प्रयोग गरिन्छ।

भगवानलाई चामल चढाउदा ध्यान दिनु पर्ने कुरा – भगवानलाई चढाउने चामल नभाच्चिएको हुनु पर्दछ। अक्षता पूर्णको प्रतिक हो। चामल सफा र स्वच्छ हनु पर्यो। शिवलिंगमा चामल चढाउदा शिव प्रसन्न भएर भक्तलाई अखण्डित चामल जस्तै अखण्डित धन, मान र सम्मान प्रदान गर्दछन्।

अक्षता चढाउदा जप गर्नु पर्ने मन्त्र
अक्षताश्व सुरक्षेष्टकुङ्कमाक्ताः सुशोभिातः ।
माया निवेदिता भक्त्याः गृहाण परमेश्व ।।