आगलागीका कारण घरबास नै उठ्यो !

प्रकाशित मिति:

पाँचथर – पाँचथर सदरमुकाम फिदिम बजारमा भएको आगलागीका कारण दुई घर जलेर क्षतिग्रस्त भएका छन् । गणतन्त्र चोकस्थित संगित थापा र कर्ण बहादुर थापाको घर क्षतिग्रस्त भएका हुन् ।

संगित थापाको घरमा रहेको होटल माल्दाई मिठाई पसलबाट सल्किएको आगोले सँगै जोडिएको कर्णबहादुरको घरमा समेत फैलिएको हो । संगित र कर्णबहादुर एकै घरका दाजुभाई हुन् । कर्णबहादुर घरमा फलफूल पसल थियो । बिहिबार दिउँसो विद्युत सर्ट हुँदा सो घटना भएको प्रहरीले जनाएको छ । आगलागीका कारण छिमेकी सावित्रा केरुङ र विवेक आलेको घरमा क्षति पनि क्षति पुगेको छ ।

केरुङको घरमा पाँचथर गेष्ट हाउस र फेन्सी पसल रहेको छ भने आलेको घरमा होटल अजिमामा छ । सो होटल फिदिमको ठूलो होटल मध्येको एक हो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । फिदिम नगरको बारुणयन्त्र, सेना, शसस्त्र, प्रहरी र स्थानीयको प्रयास पश्चात डेढ घन्टा पछि आगलानी नियन्त्रणमा आएको छ । तर विद्युत भने अवरुद्ध छ ।