प्रचण्डको सुरक्षा प्रमुखमा नरेश

प्रकाशित मिति:

सबलपोस्ट/काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा प्रमुखमा प्रहरी नायव उपरिक्षक (डीएसपी) नरेशराज सुवेदीलाई खटाएको छ ।

हाईटी मिसनबाट भर्खरै फर्किएका सुवेदीलाई बिहीबारबाट प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा खट्ने भएका हुन् । यसअघि प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा कार्यरत डिएसपी सन्तोष सिंह राठौरको महानगरीय प्रहरी वृत लैनचौरमा सरुवा भएको छ ।