कञ्चनपुरको बेलौरीमा एक युवकको शब फेला

प्रकाशित मिति:

कञ्चनपुर –कञ्चनपुर पुरानो सदरमुकाम बेलौरी नगरपालिकामा एक युवाको शव भेटिएको छ । बिहीबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बरको ४ सीमाना बुटाबारीमा एक युवक मृत अवस्थामा भेटिएका हुन् ।

मृत अवस्थामा भेटिएका युवक बुटाबारीका स्थानीय बिष्णु गिगिरी भएको पहिचान खुलेको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी गराएको छ । मृत अवस्थामा फेला परेका युवकको अवस्था र प्रकृति हेर्दा हत्या गरिएको आशङ्का गरिए पनि त्यहाँको प्रहरीले भने अहिले केही भन्न नसकिने अवस्था रहेको र पोष्टमार्टम पश्चात् मात्र सत्य तथ्य भन्न सकिने जानकारी गराएको छ ।अहिले ती युवकको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी गराएका छन्।

अहिले कञ्चनपुरमा एकपछि अर्को गर्दै हत्या हिंसा निकै उत्कर्समा बढेकोमा प्रहरी प्रशासनले दुःख व्यक्त गरेको छ । यस्ता घटनालाई नदोहोरिनका लागि जनताले सजक भएर बस्न र यस्ता घटनालाई निरुत्साहित पार्न प्रहरीलाई जानकारी गराउन समेत सुझाएका छन् ।