यार्सा टिप्न गएका १२ वर्षीय हिउँमा चिप्लेर घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

दार्चुला -यार्सा टिप्न गएका एक बालकको मृत्यु भएको छ ।मृत्य हुनेमा दार्चुलाको व्याँस गाउँपालिका २ दुम्लिङ गोठान १२ वर्षीय बालक अनिष विष्ट रहेको बताइएको छ । बालक हिउँमा चिप्लेर ५ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको हो । मृतक बालकलाई सुरक्षाकर्मीहरुको टोलीले उनको घरमा ल्याइसकेको जनाएको छ ।

यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा १६ वर्षमुनिका बालबालिकाहरु यार्सा पाटनमा जान नदिने व्यवस्था स्पष्ट उल्लेख छ । तर पनि जिल्लामा उक्त नियम लागु भएको देखिदैन ।