पश्चिम नेपाल हावाहुरी अपडेटः दुई जनाको मृत्यु, दर्जनौं घाइते

प्रकाशित मिति:

धनगढी – सुदुरपश्चिम प्रदेशको कैलाली र कंचनपुरमा बिहिवार साँझ ८ बजेतिर आएको भिषण हावाहुरीमा परी दुई जनाले ज्यान गुमाएका छन्। सुदुृरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो।मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन्।

चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।हवाहुरीले रुख, बिद्युतका पोल, पर्खाल, घरका छना समेत उडाएको छ। संकलन भएको प्रारम्भिक क्षतिको विवरण अनुृसार कैलाली र कंचनपुरमा कम्तीमा १४ जना गंभिर घाइते भएको प्रहरी नायव महानिरिक्षक केसीले बताए। घाइते मध्ये केही अवस्था गम्भीर रहेको उनले बताए। चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताए।

कयौको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन। यसैगरी बिभिन्न ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेर सडक र बिद्युत अबुरुद्ध भएको उनले बताए। हावाहुरी सँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन। कैलाली र कंचनपुरमा पछिल्लो धेरैबर्ष यताकै सवैभन्दा ठुृलो हावाहुरी आएको स्थानियले बताएका छन।‘मैले यती ठुलो हावाहुरी आएको कहिले देखेको थिएन’स्थानीय दुर्गा देवी मल्लले समाजिक सन्जाल फेसवुकमा लेखेकी छन। यसैगरी धनगढीका तेजबहादुर खड्काले जिवनमा यती ठुलो हावाहुरी नदेखको बताएका छन। उनी भन्छन,–‘मैले आफ्नो घर पनि जोगउन सकेन।’ हावाहुरीका कारण गंभिर घाइते भएका ७ जना सेती अंचल अस्पताल, २ जना धनगढीको निसर्ग र ८ जना महाकाली अंचल अस्पतालमा भर्ना भएको डिआईजी केसीले बताएका छन।यसैगरी नेपाल प्रहरीको संघिय ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत हावाहुरीले क्षती पुगेको उनले बताए। कच्ची घरका पर्खाल, जस्ता पाताका छत उडाएको प्रहरीले जनाएको छ। कती क्षती भएको भनेर पुर्ण बिवरण आउन बाँकी रहेको उनले बताए।

थप समाचार