ॐ अति लोभ किन गर्नुहुँदैन ? कसरी हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

लोभमूलानि पापानि संकटानि तथैव च ।
लोभात्प्रवर्तते वैरं अतिलोभात्विनश्यति ।। – संस्कृत सुभाषितम्

लोभ पापको मूल कारण हो । सम्पूर्ण संकट निम्त्याउने लोभले शत्रुता पनि बढाउँछ । त्यसैले अति लोभ गर्नु हुँदैन किनकि यसले विनाशको बाटो निम्त्याउँछ । लोभ पापाको मूल कारण हो । यसले अनेकौँ संकट निम्त्याउने गर्दछ । यसैगरी एक आपसमा वैरभाव निम्त्याउने प्रमुख कारण नै लोभ भएकाले अतिलोभ त्याज्य मानिएको छ ।

लोभले लाभ, लाभले विलाप भनेजस्तै क्षणिक लाभ भएक पनि लोभको अन्तिम परिणाम भनेको विलाप नै हो । त्यसैले लोभलाई पापको कारण बताइएको हो । लोभले विनाशको बाटो पहिल्याउने भएकाले लोभ गर्नु हुँदैन भन्ने नीति वचन मननीय छ ।

यसले अनेकौँ संकट निम्त्याउने गर्दछ । यसैगरी एक आपसमा वैरभाव निम्त्याउने प्रमुख कारण नै लोभ भएकाले अतिलोभ त्याज्य मानिएको छ । लोभले लाभ, लाभले विलाप भनेजस्तै क्षणिक लाभ भएक पनि लोभको अन्तिम परिणाम भनेको विलाप नै हो । त्यसैले लोभलाई पापको कारण बताइएको हो । लोभले विनाशको बाटो पहिल्याउने भएकाले लोभ गर्नु हुँदैन भन्ने नीति वचन मननीय छ ।

–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–