नदिजन्य पदार्थमा चरम दोहन,लेखा समति भन्छ : ‘यस्तै अवस्था रहे खोलामा माटो बाहेक केही देखिदैन्’ !

प्रकाशित मिति:

बुटवल   – प्रदेश नम्वर ५ मा नदिजन्य पदार्थमा चरम दोहन भएको सरोकारवालाहरुले औलाएका छन् । उनीहरुले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरेका हुन् ।  रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अर्थ उद्योग तथा वतावरण समिति सभापति माननिय दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वतावरण समिति अनुगनमनमा नगएको बताए ।

‘सवै अनुगमनमा जाने तर परिणाम केही नहुने देखौँ त्यसैले हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौँ, उनले भने–‘तर बास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।’  उनले कानून तयार भैसकेको र कानून कार्यन्वयनमा आएपछि समस्या समाधन हुने बताए । सभापति न्यौपानेले संघीय मन्त्रालयबाट बनेको कार्यविध ठिक ढंगले बन्न नसकेको समेत बताए ।

साक्षत्कारमा बोल्दै प्रदेश लेखा समिति सदस्य बैजनाथ कलवारले चरम दोहनको अवस्था रहेको भन्दै यस्तै अवस्था रहिरहे साउन पछि खोलाहरुमा माटो मात्र हुने बताए । प्रदेशसभा सदस्य समेत रहेका कलवारले प्रदेश ५ मा इतिहास मै नभएको दोहन अहिले भैरहेको दावी गरे ।
उनले अनुगमनको क्रममा क्रेसरहरु अवैधानिक रुपमा संचालनमा रहेको पाइएको बताए । ‘कुनै पनि क्रेसरको विल विजक भ्याटमा छैनन् । अवैध विलहरुको प्रयोग भैरहेको छ ।’ उनले भने – साक्षात्कारमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैध रुपमा उत्खनन् रोक्ने बताए । अन्तिम समयमा ठेकदारहरु खोलामा पस्न खोज्ने बेला भएको भन्दै त्यसलाई नियन्त्रण गरिने उनको भनाई छ । ‘खोलामा एक्साभेटर पस्ना साथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी हो, उनले भने–‘कही कतै पेलपाल भएको रहेछ भने त्यसलाई नियन्त्रण गरिन्छ ।’

जिल्ला विकास समिति रुपन्देहीका पूर्व उपसभापति रामचन्द्र ढकालले नदिको दोहन चरम रुपमा भैरहेको बताउँदै त्यसको नियन्त्रणामा सरोकारवाला निकाय निरिह भएको बताए । उनले विकास निमार्णका लागि नदिजन्य पदार्थ निकाल्नु स्वभाविक भए पनि ठेक्का नै दिएर उत्खनन् गर्नु नियत स्पष्ट हुने बताए ।

तिनाउ नदिको दोहनले तिनाउ नदि पुल र बेथरी पुल जोखिममा पर्न सक्ने भन्दै सचेत गराए ।  वातावरण विद प्रा.डा. नारायण कडेलले विकास निमार्ण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाहरुले ध्यान दिन नसकेको बताए । उनले वातावरणीय पक्षलाई ख्याल नगरि हुने दोहनले भाविष्यमा विकराल समस्या उत्पन्न गर्ने तर्फ सचेत गराए । ‘नदिको विषेशता नै नदिजन्य पदार्थ वहान गर्नु हो । त्यसको उत्खनन् स्वभाविक हुन्छ । उनले भने–‘वातावरणीय पक्षलाई ख्याल राख्नु पर्छ ।’ साक्षत्कार कार्यक्रम क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।