प्रशिक्षक प्रदीप हुमागाईँको अमेरिकामा सफलता

प्रकाशित मिति:

अमेरिका – नेपालको ए डिभिजन फुटबल क्लब थ्रीटारलाई च्याम्पियन बनाउन सफल प्रशिक्षक प्रदीप हुमागाइँले अमेरिकामा पनि तहल्का पिटिरहेका छन् । उनले प्रशिक्षक दिएका क्लब तथा विद्यालयले केही न केही सफलता हासिल गरिरहेका हुन्छन् ।

पछिल्लो पटक उनको प्रशिक्षणमा रहेको यु ११ ब्याइज टिमले एलभिवाइएसएल च्याम्पियनसिप जितेको छ । उनले विभिन्न क्लबका साथै विद्यालयमा प्रशिक्षण दिँदै आइरहेका छन् ।

उनी नेपालका त्यस्ता खेलकुद प्रशिक्षक हुन् जसले तीन वटा विषयमा डिग्री हासिल गरेर चौथो विषयमा पनि डिग्री गर्दैैगर्दा छाडेर प्रशिक्षणमा लागेका थिए । उनले प्रशिक्षण थालेको पहिलो वर्षमै थ्रीस्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए ।