पृथ्वी राजमार्ग सुचारु भएपछी सर्बसाधारणमा खुशी

प्रकाशित मिति:

सबलपोस्ट/ चितवन – पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक सुचारु भएको छ ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको थियो । सडक अबरुद्ध हुँदा सयौँ सवारीसाधन जाममा रोकिएका थिए ।