लोकसेवा पास गर्न नयाँ सूत्र !

प्रकाशित मिति:

काठमाडौं – लोकसेवा आयोगद्वारा लिइने परीक्षालाई केन्द्रित गरी प्रशिक्षित गराउने उद्देश्यले नालान्दा फाउन्डेसनले विविध परीक्षा प्रशासकीय अदालतका अध्यक्ष काशिराज दाहालबाट शुभारम्भ गरेको छ। नेपालका ख्यातिप्राप्त प्रशिक्षकहरू संलग्न गराई लोकसेवाका सम्पूर्ण परीक्षा, बंैकिङ क्षेत्र, प्राविधिकतर्फ इन्जिनियर, सब ओभरसियर, जेटीए, कम्प्युटर अपरेटरसहित विशेष गरी भर्खरै खुलेका स्थानीय तहका चौथो, पाँचौं र छैटौं तहलाई महव दिएर फाउन्डेसनले आफ्नो कक्षाहरू सुचारु गरेको छ।

फाउन्डेसनद्वारा सञ्चालित लोकसेवा परीक्षाको कक्षा सुभारम्भमा अध्यक्ष दाहालले नेपालको प्रशासनिक इतिहासमा ठूलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै युवा पुस्तालाई विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धतर्फ उन्मुख गराउन पनि युवा वर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताउनुभयो।

अध्यक्ष दाहालले काँधमा जिम्मेवारी, काममा इमानदारी र मष्तिष्कमा समझदारी राख्दै युवा वर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता भएको सन्दर्भ उल्लेख गर्नुभयो। मुलुकमा अब निराशा होइन, उत्साह जगाउन पनि युवा वर्ग नालान्दा फाउन्डेसनको कक्षामा प्रवेश गरी लोकसेवा पास गर्न सक्षम हुन सक्नुहोस् भन्दै सम्पूर्ण लोकसेवामा सहभागी हुने युवाहरूलाई शुभकामना दिनुभयो।

दाहालले ख्यातिप्राप्त प्रशिक्षकहरू सम्मिलित गराई लोकसेवा सञ्चालन गर्ने अभियानमा लागेको नालान्दा फाउन्डेसनले धेरैभन्दा धेरै युवा वर्गलाई प्रशासन क्षेत्रमा प्रवेश गराउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभएको थियो। त्यसै गरी कक्षामा सहभागी भएकाहरूलाई लोकसेवा पास गर्न समयको महत्व बुझ्ने र निरन्तर अध्ययनमा लागे सफलता टाढा छैन भन्ने कुरा बताउनुभयो। – नेपाल समाचारपत्र